शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम
वि.सं.२०८१ मंसिर ११ मंगलवार १५:१९
shares

काठमाडौं, ११ मंसिर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन कारोबार रकम बढेर ७ अर्ब ४४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स,युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावर का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त तिन कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।

















