शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर ११ मंगलवार १५:२७
shares

काठमाडौं, ११ मंसिर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २११ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन कारोबार रकम बढेर ७ अर्ब ४४ करोडको कारोबार भएको हो ।
शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स,युनाइटेड आईडीआई मार्दी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावर का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त तिन कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन मिथिला लघुवित्तका लगानीकर्ताले ९.६२ का दरले सर्वाधिक कमाएका छन् भने अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ८.८० का दरले सर्वाधिक कमाएका छन् ।

















