शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ मंसिर ११ मंगलवार १५:३६
2.91K
shares
shares

काठमाडौं, ११ मंसिर । शेयर बजारमा आज ७ अर्ब ४४ करोडको कारोबार हुदा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४५ करोड ७८ लाख कारोबार भएको छ।
यसदिन ङादी ग्रुप पावरको ३३ करोड ६ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर २८ करोड ८३ लाख कारोबार भएको छ।
त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंक २५ करोड ६७ लाख कारोबार भएको छ भने जानकी फाइनान्स २२ करोड ४ लाख कारोबार भएको छ।

















