Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.87K
shares

काठमाडौं, ११ मंसिर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन कारोबार रकम बढेर ७ अर्ब ४४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेको छ ।

यसदिन कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४५ प्रतिशतका दरले गुमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताले ८.१२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी एनआईसी एशिया डिभेन्चरका लगानीकर्ताले ६. १६ प्रतिशतका दरले गुमाएका छन् भने बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ६.१२ प्रतिशतका दरले गुमाएका छन् ।