Dhulikhel Eco Banner new

सुनको मूल्यमा वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.24K
shares

काठमाडौं, १२ मंसिर । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा १ लाख ४८ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार ९ सयले बढेर तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८३० रुपैयाँमा कायम भएको छ ।