चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार अलैँची निर्यात
वि.सं.२०८१ मंसिर १६ आइतवार ११:१२
shares

काठमाडौं, १६ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ९० करोड ११ लाख ३३ हजार अलैँची निर्यात भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको हो ।
जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा १ अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको १२ लाख पाँच हजार ९०० किलो अलैँची निर्यात भएको छ ।
यसै गरी सात लाख २० हजार रुपैयाँको २४० किलो अलैँची फ्रान्समा र एक लाख ७३ हजार रुपैयाँको ११० किलो अलैँची अस्ट्रेलिया निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।









