साना किसान विकास लघुवित्तको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर १७ सोमवार १०:२२
2.03K
shares
shares

काठमाडौं, १७ मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ।
कम्पनीले घोषणा गरेको लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।



















