तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर २० बिहीवार ११:५७
2.28K
shares
shares

काठमाडौं, २० मंसिर । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ ।
















