Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

3.16K
shares

काठमाडौं, २७ मंसिर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब १४ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा त्रिशुली जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.५५ प्रतिशतका दरले बढेको छ ।

यसदिन नारायणी डेभलपमेन्टका लगानीकर्ताले ७.५४ प्रतिशतका दरले कमाएका छन् भने आरबिबि म्युचुअल फण्ड -२ का लगानीकर्ताले ७.२४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले ६.६४ प्रतिशतका दरले कमाएका छन् भने भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले कमाएका छन् ।