Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.76K
shares

काठमाडौं, १ पुस । सोमबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५१.३७ अंकले घटेर २,६३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ९३ करोडको कारोबार भएको हो ।

शेयर बजारमा जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.५८ प्रतिशतको दरले गुमाएका छन् ।

यसदिन नेपाल फाइनान्सका लगानीकर्ताले ७.४५ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंकका लगानीकर्ताले ५.९० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका छन् भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले गुमाएका छन् ।