Dhulikhel Eco Banner new

बुटवल पावर कम्पनीको लाभांश घोषणा

3.2K
shares

काठमाडौं, ४ पुस । बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय हो ।

पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

लाभांश पारित गर्न कम्पनीले आफ्नो ३२ औँ वार्षिक साधारणसभा(एजीएम) डाकेको छ। सभाले यही पुस २८ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।