Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

2.09K
shares

काठमाडौं, ४ पुस । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले २२ लख ४३ हजार ७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयर इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पुस १८ गतेभित्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीले बोलपत्र पेस गर्दा न्यूनतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।