Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

2.11K
shares

काठमाडौं, ५ पुस । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।