Dhulikhel Eco Banner new

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

2.2K
shares

काठमाडौं, ५ पुस । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले १० प्रतिशत लाभांश घोषणा वितरण गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८१ असार मसान्तसमा कायम शेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस शेयर र त्यसबापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ शेयरधनीलाई दिने निर्णय भएको छ ।

सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुससम्म सेयर दर्ता किताब बन्द रहने निर्णय पनि गरेको छ ।