Dhulikhel Eco Banner new

नेपालमा पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात

2.15K
shares

काठमाडौं, ८ पुस ।  नेपालमा पाँच महिनामा १८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार नेपालमा पाँच महिनामा १८ अर्ब ७२ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको हो ।

यो समयावधिमा नेपालबाट १ करोड १२ लाख रुपैयाँको खाद्यान्न निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यो कारोबारबाट सरकारले १ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।