Dhulikhel Eco Banner new

पाँच महिनामा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात

2.81K
shares

काठमाडौं, ८ पुस । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात भएको छ । पाँच महिनामा १४ करोड ७३ लाख ७१ हजारको बियर, वाइन, ह्विस्की लगायतका अल्कोहल युक्त पेय पदार्थ निर्यात भएको हो ।

जसमध्ये ९ करोड ९० लाख ५० हजार रुपैयाँको ९४०२९९ लिटर बियर ५ हजार रुपैयाँको २ लिटर वाइन निर्यात भएको भन्सार विभागले जनाएको छ । यसैगरी २ करोड ३ लाख ६८ हजार रुपैयाँको ११२१९० लिटर ह्विस्की निर्यात भएको जनाएको छ ।

२ करोड १६ लाख ९३ हजार रुपैयाँको २८६२२ लिटर रम, ५३ लाख २८ हजार रुपैयाँको ८९५९ लिटर भोड्का र ८ लाख ८९ हजार रुपैयाँको ९०४ लिटर अन्य अल्कोहल पनि निर्यात भएको छ ।