Dhulikhel Eco Banner new

पाँच महिनामा १ अर्ब बढीको सिमेन्ट भारततर्फ निर्यात

2.48K
shares

काठमाडौं, ८ पुस । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ५ महिनामा १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो ।

जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यसैगरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।