आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का
वि.सं.२०८१ पुस ८ सोमवार १४:३०
shares

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्षका लागि लाभांश घोषणासम्बन्धी निर्णय गरेको तर उक्त निर्णयको जानकारी नेप्सेमा पुस ८ गते कारोबारको समय १२ः१३ बजेपछि मात्र नट्समार्फत पठाएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो।
नेप्सेले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। नेप्सेको अनुसार, धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार कुनै पनि सूचीकृत कम्पनीले आफ्नो निर्णय, सूचना, वा जानकारीलाई प्रभाव पार्ने बेला सो जानकारी सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ।

















