Dhulikhel Eco Banner new

नाफिज-शारदा-ढुण्डीराज आर्थिक पत्रकारिता पुरस्कार लोकेन्द्र विश्वकर्मालाई

2.38K
shares

काठमाडौं, २९ मंसिर । शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार लोकेन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको नाफिजको १५औँ वार्षिक साधारण सभा तथा सातौँ महासभाको अवसरमा कार्यक्रममा १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार उकालोका पत्रकार विश्वकर्मालाई प्रदान गरिएको हो ।

उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका विकृतिमाथि गरेको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार पाएका हुन्। उकालोका पत्रकार लोकेन्द्रसहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तीन सदस्य पुरस्कृत भएका छन्।

पत्रकार विश्वकर्मालाई शारदा–ढुण्डीराज भट्टराईका पुत्र रमेश कुमार भट्टराईले १ लाखको चेक हस्तान्तरण गरेका थिए । आफ्ना आमा- बाबुको सम्झनामा स्थापना गरिएको पत्रकारिता पुरस्कारले पत्रकारलाई प्रोत्साह मिल्ने भट्टराईको भनाइ छ ।

विभिन्न विषयमा खोजमूलक समाचार लेख्ने नाफिजका सदस्यहरूलाई सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार, सिविफिन नाफिज बैंकिङ पुरस्कार र शारदादेवी–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार दूध किसानको समस्याको समाचारका लागि अनलाइन खबरका अमृत चिमरिया र सिविफिन नाफिज बैंकिङ पुरस्कार टक्सार म्यागजिका अनुप आचार्यलाई प्रदान गरिएको छ।

आचार्यले बैंकको काउन्टर ग्यारेन्टीको समाचारले उक्त पुरस्कार पाएका हुन्। दुवै जनाले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गरेका थिए । तीनै जना पुरस्कृत पत्रकारलाई सूचना, सञ्चार तथा प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए।