Dhulikhel Eco Banner new

फेसियल हाउसको १७ औं वार्षिकोत्सव सम्पन्न

3.94K
shares

काठमाडौं, १० पुस । फेसियल हाउसले बुधबार आफ्नो १७ औं वार्षिकोत्सव  भव्यरूपमा मनाएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथिमा बुधबार फेसियल हाउसले वार्षिकोत्सव मनाएको हो।

सो समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, ओमन कम्युनिटी यूएनआई-ओएलआईकी अध्यक्ष भगवती खड्‌का, राजनीतिक विश्लेषक प्रकाश जंग रायमाझी, नेपाल व्युटीसियन एसोसिएशनकी महासचिव शशी शाहलगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीदेखि विभिन्न अथितीहरुलाई अवार्ड र मायाको चिनो वितरण गरिएको थियो । काठमाडौं मलमा मुख्य कार्यलय र विभिन्न ठाउँमा शाखा विस्तार गरेको फेसियल हाउस एन्ड ब्यूटी सलोन १७ वर्षअघि आजकै दिन काठमाडौं मलमा स्थापना भएको थियो।

जसले पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखा सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ भने अन्य धेरै ठाउँमा फ्रेन्चाइज ब्रान्चहरूबाट पनि सेवा उपलब्ध गराउदै आएको छ । यसले मुलुकमा स्वरोजगार बढाउने र सीपयुक्त जनशक्ति उत्पादनमा अग्रसर रहदै आएको  छ। फेसियल हाउसले प्रतिवर्ष २५० जनालाई तालिम तथा प्रशिक्षण पनि दिँदै आएको छ ।