Dhulikhel Eco Banner new

विशाल बजार व्यापार संघको अध्यक्षमा भीम प्रसाद शर्मा चयन, नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

3.09K
shares

काठमाडौं, ३ माघ । विशाल बजार व्यापार संघको अध्यक्षमा भीम प्रसाद शर्मा चयन भएका छन् । बुधबार संघका कार्यसमितिको बसेको बैठकबाट सर्वसम्मत निर्णयअनुसार पदभार ग्रहण गर्ने भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा लिला राज त्रिपाठी, महासचिवमा राजु मानन्धर, कोषाध्यक्षमा निरेण शाही, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् । यसैगरी प्रमुख बजार व्यवस्थामा ध्रुवकुमार श्रेष्ठ चयन हुँदा जनसम्पर्कमा सुरज श्रेष्ठ र कार्यसमिति सदस्यमा सचिन उपाध्याय चयन भएका छन् ।

संघको ४० औँ वार्षिक साधारणसभाबाट पुस २७ गते ११ जना रिक्त कार्यसमिति निर्वाचित गरिएको थियो । सम्पूर्ण निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई संघका पूर्व सचिव तथा वरिष्ठ सल्लाहकार सुभाष प्रसाद पाण्डेले शपथ ग्रहण गराएको संघले जानकारी गराएको छ । संघको निवर्तमान अध्यक्षमा नरेन्द्र कुमार गुप्ता रहेका छन् ।