आईसीएफसी फाइनान्सको अध्यक्षमा सुशिलकुमार अर्याल निर्विरोध चयन
वि.सं.२०८१ माघ ३ बिहीवार ११:०२
3.21K
shares
shares

काठमाडौं, ३ माघ । आईसीएफसी फाइनान्सका सञ्चालक समितिको अध्यक्षमा सुशिलकुमार अर्याल निर्विरोध चयन भएका छन् ।
कम्पनीको बुधवार बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।
अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्याउने विश्वास लिएको छ।
अर्यालको नेतृत्वमा कम्पनीले आगामी दिनमा थप सुदृढ व्यवस्थापन, प्रभावकारी सेवा विस्तार र ग्राहककेन्द्रित नीतिहरू कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।
















