Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.85K
shares

काठमाडौं, ३ माघ । स्थानीय बजारमा बिहीवार पहेँलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार तोलामा १ लाख ५५ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार १ हजार २ सयले बढेर तोलामा १ लाख ५६ हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर १ हजार ८८० रुपैयाँमा कायम भएको छ ।