थाईल्यान्डमा नम्बर वान बन्यो नेटा अटो
वि.सं.२०८१ माघ ३ बिहीवार १०:१२
shares

काठमाडौं, ३ माघ । चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने कम्पनीले अनुमान गरेको छ ।
कम्पनीका अनुसार नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुबिधालाई बिशेष ध्यानमा राखिदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आईरहेको छ ।
कम्पनीका अनुसार नेटा भि क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन इभिएस चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प बन्न सक्नेछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८०ं किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किमि वारंटी भएको कम्पनीले जनाएको छ।
नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।
















