Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

3.37K
shares

काठमाडौं, ६ माघ । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.५८ अंकले बढेर २,६०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब २५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।