Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.31K
shares

काठमाडौं, ६ माघ । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.५८ अंकले बढेर २,६०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब २५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन वीन नेपाल लघुवित्तका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका छन् भने सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ७.३७ प्रतिशतका दरले कमाएका छन् भने एनएमबि ऋणपत्रका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले कमाएका छन् ।