Dhulikhel Eco Banner new

शेयर बजारमा ६८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.41K
shares

काठमाडौं, ६ माघ । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.५८ अंकले बढेर २,६०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब २५ करोडको कारोबार भएको हो ।

शेयर बजारमा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।

यसदिन एनआइसी एशिया सेलेक्ट फण्डका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन् भने रिभर फल्स पावरका लगानीकर्ताले ६.४५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी अपर हेवाखोला हाइड्रोपावरकालगानीकर्ताले ४.४२ प्रतिशतका दरले गुमाएका छन् भने केबिएल ऋणपत्रका लगानीकर्ताले ३.९३ प्रतिशतका दरले गुमाएका छन् ।