Dhulikhel Eco Banner new

सिटिजन्स बैंकले घटायो खराब कर्जा, हेर्नुस अन्य सूचक कस्तो ?

2.15K
shares

काठमाडौं, ७ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६६ करोड १८ लाख खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको यस अवधिमा बैंकले ७८ करोड २७ लाख खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी भने गत आर्थिक वर्षको तुलनामा ८.२७ प्रतिशतले वृद्धि भएको छ।

१ अर्ब ८ करोड ६४ लाख खुद नाफा कमाएको यस बैंकको चालू आवमा १६.११ प्रतिशतले घटेर ९१ करोड १३ लाख रुपैयाँमा झरेको छ। पुस मसान्तसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षमा बैंकको आम्दानी २ अर्ब ८३ करोड ९८ लाख मात्रै थियो।

बैंकको कुल सञ्चालन आम्दानी पनि १३.४१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९३ करोड ४५ लाख कायम भएको छ। जुन गत आवमा ३ अर्ब ४६ करोड ९३ लाख थियो।  बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.९६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५०.३९ रहेको छ। बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ।

१४ अर्ब ७६ करोड ९० लाख चुक्ता पूँजी रहेको यस बैंकको रिटेन्ड अर्निङमा १५ करोड ८१ लाख र ७ अर्ब २८ करोड रिजर्भमा सञ्चिति रहेको छ। बैंकको ग्राहकमा कर्जा प्रवाह १ खर्ब ६१ अर्ब ३५ करोड छ भने निक्षेप संकलन १ खर्ब ९३ अर्ब ८१ करोड रहेको छ।