Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ५७.१८ प्रतिशत बढ्यो

2.29K
shares

काठमाडौं, ७ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशत बढि हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ ।

यता, खराब कर्जा ०।४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।