Dhulikhel Eco Banner new

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

429
shares

काठमाडौं — माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन परेको छ। कम्पनीले असार ३ गतेदेखि बिक्री खुला गरेको शेयरमा इच्छुक लगानीकर्ताले सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले सर्वसाधारणका लागि १४ लाख २७ हजार ६ सय कित्ता साधारण शेयर निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा जारी गरिएको उक्त शेयरबाट कम्पनीले करिब १४ करोड २७ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकिएको छ। ती समूहका लागि सुरक्षित गरिएको हिस्सा कटाएपछि बाँकी रहेको शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। निष्काशित शेयरको परिमाणका आधारमा न्यूनतम आवेदन गर्ने करिब एक लाख ४२ हजारभन्दा बढी आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

पुँजी बजारमा पछिल्लो समय जलविद्युत कम्पनीहरूको शेयरप्रति लगानीकर्ताको आकर्षण कायम रहेकाले यस आईपीओमा पनि उल्लेख्य आवेदन पर्ने अपेक्षा गरिएको छ।