निरन्तर उकालो लागेको सुनको मूल्यमा सामान्य अंकले गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ १० बिहीवार १०:४३
shares

काठमाडौं, १० माघ । स्थानीय बजारमा बिहीवार पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार तोलामा १ लाख ६० हजारमा कारोबार भएको सुनको मूल्य बिहीवार ४ सयले घटेर तोलामा १ लाख ५९ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । बुधवार १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार घटेर १ हजार ८७५ रुपैयाँमा कायम भएको छ ।

















