Dhulikhel Eco Banner new

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकका रुपमा शाह नियुक्त

2.57K
shares

काठमाडौं, १२ माघ । नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्सले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा  जी.पी. शाहलाई नियुक्त गरेको  छ ।

अन्तर्राष्ट्रिय बजारमा बार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

शुक्रबार,काठमाडौंको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले उक्त घोषणा गरेको थियो । समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष  चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित  जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका थिए । ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्तिसंगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।

उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिती अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका जीपी शाहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्याति प्राप्त व्यक्तित्व हुन् । ।

 उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत रहेका छन् ।

उनको व्यवसायिक करियर अन्तर्गत उनले ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरु जस्तै चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरु,ईन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूल जन्य पेय पदार्थ, ईनर्जी ड्रिंक्स तथा वियरका श्रेणीहरु समेत रहेका छन् ।