नेपाल इन्भेष्टमेण्ट मेगा बैंक संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ माघ १४ सोमवार ०९:०७
2.76K
shares
shares

काठमाडौं, १४ माघ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन्। तर संस्थापकलाई शेयर किन्न तोकिएको ३५ दिनभित्र आवेदन प्राप्त नभएमा वा पूरै शेयर बिक्री नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने जनाएको छ।
इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।

















