Dhulikhel Eco Banner new

भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात अनुमतिका लागि आवेदन आह्वान

2.95K
shares

काठमाडौैं, १४ माघ । भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म कम्पनीका लागि आवेदन आह्वान भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भारतले निर्धारण गरेको गहुँ निर्यातको ९० हजार मेट्रिक टनको कोटा अनुसार गहुँ आयातका लागि इच्छुक व्यक्तिसँग आवेदन माग गरेको हो ।

प्रस्ताव पेस गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी १ करोड रुपैयाँ हुनुपर्ने, वित्तीय स्रोतको सुनिश्चितता भएको हुनुपर्ने व्यवस्था समेत गरिएको छ । आयात अनुमति पाउने कम्पनीले तोकिए बमोजिमको परिमाण तीन महिनाभित्र आयात गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसरी अनुपात गरिएका कम्पनीले आयात, बिक्री र मौज्दातसम्बन्धी विवरण साप्ताहिक रूपमा विभागलाई पेस गर्नुपर्ने समेत उल्लेख गरिएको छ । यस्तो विवरणको अनुगमन विभागले गर्नेछ ।