Dhulikhel Eco Banner new

यातायात कार्यालयद्वारा ६ महिनामा २९ करोड रूपैयाँ राजस्व संकलन

3.15K
shares

काठमाडौं, १७ माघ । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को ६ महिनाका अवधिमा २९ करोड एक लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार ६ सय ५१ रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको ६ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार एकसय ४९ रूपैयाँ, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार तीनसय ३१ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट चार करोड ५६ लाख ७० हजार आठसय ११ रूपैयाँ, संघीयतातर्फ एक करोड ८१ लाख २५ हजार एकसय ८० रूपैयाँ तथा बेरुजुबाट आठ हजार दुईसय ५० रूपैयाँ राजस्व संकलन भएको छ।

यस्तै चालु आवको सो अवधिमा मोटरसाईकल एक हजार दुईसय ८० वटा, साना सवारी पाँचसय १३ वटा, टेम्पोरईरिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीनसय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चारसय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

यस अवधिमा नयाँ दुई हजार एकसय ६३ र वर्ग थप एक हजार चारसय ४८ गरी तीन हजार ६ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

यस्तै सो अवधिमा दुई हजार नौसय ८४ नवीकरण, ४९ वटा प्रतिलिपि र ३९ वटा नवीकरण र प्रतिलिपि दिइएको जनाएको छ।

सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीनसय ९९ वटा सवारी साधन दर्ता गरेको थियो।