६ महिनामा ३४ करोडभन्दा बढीको लेज तथा कुर्कुरे आयात
वि.सं.२०८१ माघ १७ बिहीवार १३:३५
shares

काठमाडौं, १७ माघ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोडभन्दा बढीको लेज तथा कुर्कुरे आयात भएको छ ।
साउनदेखि पुस मसान्तसम्ममा ३४ करोड ८६ लाख ९४ हजारको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात भएको भन्सार विभागले जनाएको छ ।
उक्त लेज तथा कुकुरे आयात हुँदा २१ करोड ८१ लाख २७ हजार राजस्व संकलन भएको छ । उक्त लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात भएको छ ।
जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्यांकमा उल्लेख छ ।



















