Dhulikhel Eco Banner new

६ महिनामै भित्रियो १८ करोडभन्दा बढीको स्मार्टवाच

3.82K
shares

काठमाडौं, १७ माघ । ६ महिनाको अवधिमा नेपालमा १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार १८ करोड ८९ लाख ३९ हजार बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ ।

उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।