Dhulikhel Eco Banner new

सिप्रदी ट्रेडिङले खुलायो टाटा नेक्सन के–थ्री को बुकिङ

1.99K
shares

काठमाडौं, २० माघ । टाटा मोर्टरको नेक्सन के–थ्री को नेपालमा बुकिङ खुला गरिएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबारबाट बुकिङ खुलाएको हो।

१० दिनभित्र डेलिभरी दिने तयारीसहित बुकिङ खुलाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गाडी बुकिङ गर्ने ग्राहकले ७.२ किलोवाटको चार्जर निःशुल्क पाउनेछन् ।

गाडीमा प्यानारोमिक सनरुफ र ३ वटा ड्राइभिङ मोड उपलब्ध रहेको छ। गाडीको मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ।

अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा आधारित यो मोडल ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्रीसहित उपलब्ध छ।

नेक्सन के–थ्रीको प्रमुख आकर्षणमा ठूलो पानारोमिक सनरुफ, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिल, र मोर्डन ड्यासबोर्ड रहेको छ। यसमा ३६० डिग्री क्यामराको सुविधा पनि रहेको छ।

उक्त गाडी ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिनेछ। कम्पनीले यसमा चार तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिएको छ। गाडीमा ९८ किलोवाट क्षमताको मोटर पनि रहेको छ ।