Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न

3.08K
shares

काठमाडौं, २० माघ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागिएमडीआरटी सीओटी र  टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो ।

२०२५को लागि कम्पनीबाट १ जना टीओटी, २ जना सीओटी अनि २४ जनाएमडीआरटीको लागि योग्य भएका छन् । टीओटीको लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टीओटी भइसकेकी छिन्। साथै, रण बहादुर तामाङ पहिलो पटक टीओटीको लागि योग्य भएका छन्। भने नारायण बहादुर गुरुङ दोस्रो पटक सीओटीको लागि योग्य भएका छन् ।

विश्वभरिका अभिकर्ताहरु माझएमडीआरटी निक्कै नै प्रख्यात छ ।  यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ । सन् २०२५का लागि एमडीआरटीको लक्ष ४६,९२,९००, सीओटीको लागि १,४०,७८,७०० र टीओटीको लागि २,८१,५७,४०० तोकिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सि म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनको लागि कम्पनिबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताए।

यसका साथै कम्पनिको व्यवसाय विस्तारमा अभिकर्ताहरु आधारशिला भएकाले कम्पनिमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद प्रदान गरेका थिए ।