Dhulikhel Eco Banner new

छ महिनामा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड पुग्यो

2.54K
shares

काठमाडौं, २० माघ । नेपालमा चालू आर्थिक वर्षको छ महिनामा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार  विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति छ । पुस मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

पछिल्लो आयातको तथ्यांकअनुसार हालको सञ्चिति रकमले १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने र १७.३ महिनाको वस्तु आयात धान्न पुग्ने भएको छ ।