बैंकिङ प्रणालीबाट एकैपटक ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक
वि.सं.२०८१ माघ २३ बुधवार १२:२०
shares

काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट एकैपटक ३५ अर्ब तरलता तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा खिच्न लागेको हो ।
यसका लागि बुधवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन ।
यो २० दिने निक्षेप संकलन उपकरणको फागुन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

















