प्रतितोला २ हजार २ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ २३ बुधवार ११:१२
3.72K
shares
shares

काठमाडौं, २३ माघ । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार तोलामा १ लाख ६४ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधवार २ हजार २ सयले बढेर तोलामा १ लाख ६६ हजार ९ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बुधवार तोलामा १ हजार ९७५ रुपैयाँमा कायम भएको छ ।

















