एकैदिन प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ २४ बिहीवार ११:५०
2.69K
shares
shares

काठमाडौं, २४ माघ । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार तोलामा १ लाख ६६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार १ हजार ६ सयले बढेर तोलामा १ लाख ६८ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर बिहीवार तोलामा १ हजार ९८० रुपैयाँमा कायम भएको छ ।















