स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग
वि.सं.२०७९ जेठ २९ आइतवार १९:०५
shares

काठमाडौँ, २९ जेठ । प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
आर्थिक वर्ष २०७९÷८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका सिमानाको बारेमा सरकारको जवाफ माग गरे ।
उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए । सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको बताए ।
उनले भने, “स्वास्थ्य बीमाका लागि दीर्घ रोगका लागि आवश्यकभन्दा बजेट विनियोजन गरिएको छ, सामाजिक स्वास्थ्य बीमालाई सरकारले जोड दिनुपर्छ ।” पोखरामा रहेको मणिपाल मेडिकल कलेज निजीकरण गर्न नहुने उनको भनाइ छ ।
सांसद शक्तिबहादुर बस्नेतले परराष्ट्र नीति र सुरक्षा नीतिका बारेमा सरकारको प्रष्ट धारणा हुनुपर्ने माग गरे । उनले जोखिमपूर्व सदरमुकामका बारेमा बजेटले ध्यान दिन नसकेको बताए ।
















