Dhulikhel Eco Banner new

सामाजिक सञ्जाल विधेयक बारे शान्ति समाज रुपन्देहीको नागरिक संवाद सम्पन्न

3.38K
shares

काठमाडौं, ३० माघ । मानवअधिकार तथा शान्ति समाज रूपन्देहीको आयोजनामा सामाजिक सञ्जाल विधेयक सम्बन्धी समतलिय गोलमेच नागरिक संवाद कार्यक्रम सम्पन्न भएकोछ ।

नागरिक सम्वाद कार्यक्रम नेपाली कांग्रेस नेता युवराज गिरि, वरिष्ठ लेखक ऋषि आजाद, माओवादी नेता महेन्द्र भुसाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले चार ओटा दिपप्रज्वलन गरि उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला सभापति अर्जुन ज्ञवालीले सामाजिक सञ्जाल विधेयकबारे शान्ति समाजको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

प्रमुख वक्ता मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्वसभापति गोविन्द खनालले सरकारले प्रस्तुत गरेको नियमन सम्बन्धी विधेयकमा अभिव्यक्ति स्वतन्त्रतामा आँच आउने थुप्रै प्रावधानहरु छन् , तिनीहरुलाइ हटाउनु पर्ने बताए थिए।

कार्यक्रममा भाग लिदै उपस्थित दुइ दर्जन वक्ताहरुले सरकारद्वारा प्रस्तुत विधेयकका दश बुँदाहरुमा छलफल गरी विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए ।