Dhulikhel Eco Banner new

फागुनका लागि अधिकांश बैंकको निक्षेपको ब्याजदर स्थिर, हेर्नुस् कुन बैंकको कति ?

3.97K
shares

काठमाडौं, ३० माघ । वाणिज्य बैंकको ब्याजदर माघको तुलनामा फागुन महिनामा औषतमा स्थिर रहेको छ ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औषत ब्याजदर फागुनमा ६ प्रतिशत रहेको हो ।

२० वटा बैंकमा १८ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । फागुन १ गतेबाट लागू हुने ब्याजदरमा ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ ।

माघको तुलनामा फागुनमा ग्लोबलको ब्याजदर ०.२५ प्रतिशत बिन्दुुले बढेर ६ प्रतिशत पुगेको छ । माघमा ५.७५ प्रतिशत रहेको थियो ।

यस्तै लक्ष्मी सनराइज बैंकले फागुनका लागि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटेको छ । माघमा ५.७५ प्रतिशत ब्याजदर रहेको थियो । अहिले घटेर ५.५० प्रतिशत रहेको छ ।

हेर्नुस कुन बैंकको कति ब्याजदर :

बैंक माघको ब्याज प्रतिशतमा फागुनको ब्याजदर प्रतिशतमा
प्राइम ६.२५ ६.२५
स्टाण्डर्ड चार्टर्ड ६.२५ ६.२५
हिमालयन ६.२५ ६.२५
एनएमबी ६.६ ६.६
एनआइसि ६.६ ६.६
इन्भेष्टमेन्ट मेगा ६.५ ६.५
प्रभु ६.१ ६.१
सानिमा ६.०५ ६.०५
एभरेष्ट ६ ६
माछापुच्छ्रे ६ ६
सिद्धार्थ ६ ६
ग्लोबल आईएमई ५.७५ ६
राष्ट्रिय वाणिज्य ६ ६
कुमारी ५.९१ ५.९१
नबिल ५.७५ ५.७५
सिटिजन्स ५.६५ ५.६५
कृषि विकास ५.५१ ५.५१
नेपाल ५.६ ५.६
लक्ष्मि सनराइज ५.७५ ५.५
 एसबिआई ५.५ ५.५