Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको साधारणसभा आज, ११ प्रतिशत लाभाशं प्रस्ताव पारित हुदै

4.71K
shares

काठमाडौं, ३० जेठ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारणसभा आज (सोमवार) गर्दैछ ।

सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउनेछ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । सो पूँजीको आधारमा रू. १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र रू. ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार कायम हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ ।