Dhulikhel Eco Banner new

शेयर बजार सामान्य अंकले वृद्धि, १३२ कम्पनीको शेयर मूल्य घट्यो

2.21K
shares

काठमाडौं, १३ फागुन । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.१३ अंकले बढेर २,७६५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ९अर्ब ९० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा विन नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.९७ प्रतिशतका दरले गुमाएका छन् ।