आइतवार सुनचाँदीको मूल्य स्थिर
वि.सं.२०८१ फागुन १८ आइतवार १०:५३
2.83K
shares
shares

काठमाडौं, १८ फागुन । स्थानीय बजारमा आइतवार सुनको मूल्य स्थिर रहेको छ। सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रवार तोलामा १ लाख ६८ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आइतवार पनि सोहि मूल्यमा कायम भएको हो ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार पनि सोहि मूल्यमामा कायम भएको छ ।


















