हरियाली छाएको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ फागुन १८ आइतवार १५:१२
shares

काठमाडौं, १८ फागुन । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ७५.२४ अंकले बढेर २,८९० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १४ अर्ब २५ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यसैगरी सिन्धु विकास बैंक र दोर्दी जलविद्युतका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

















